‘७० लाख बराबरको जग्गा मन्दिरलाई दान !’
धनकुटा खबर । धनकुटा १ हिले स्थितको जलकन्या देवि मन्दिर जाने बाटो तथा मन्दिर निर्माण कार्यको आज उद्घाटन गरिएको छ ।
जलकन्या देवि मन्दिर जनसेवा समितिका अध्यक्ष चन्द्र बहादुर विष्टको अध्यक्ष्ता तथा धनकुटा नगर प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच मन्दिर जाने बाटो तथा मन्दिर निर्माण कार्यको उद्घाटन गरिएको हो ।
कार्यक्रमको अवसरमा मन्दिर निर्माणका लागि कानुन व्यवसायी बसन्त नालामी ले आफ्ना आमावावाको नाममा १ लाख ११ हजर १ सय १ रुपैयाँ , मन्दिर प्रवेशद्धारा निर्माणका लागि ईटहरि ४ मिलन चोक निवासी दिपक दंगालले आफ्ना स्व वुवा राजेन्द्र प्रसाद दंगालको नाममा रू २५ हजार ,सन्तोष ट्याक्टर ग्यारेज कुवापानीले रु ५ हजार ५ रुपैयाँ ,ओखलढुङगा सिद्दीचरण नगरपालिका वाड न १० का समाजसेवी लिला देवि धमलाले आफ्ना स्वर्गीय पिता भेषराज धमलाको नाममा मन्दिरलाई १० लाख बराबरको दुई मिटर जगा दान गरेकाछन् ।

समितिका संयोजक रत्नबहादुर तामाङले मुखमा २० मिटर भएको ३० लाख बराबरको चाराना जग्गा मन्दिरलाई दान गर्नुभएको छ भने अनित अधिकारीले ३० लाख बराबरको आठाना दान गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङले नगरको तर्फबाट मन्दिर निर्माणका लागि ५ लाख सहयोग गर्ने उदघोष गर्दै आगामि दिनमा पनि मन्दिर निर्माणका लागि सहयोग गर्ने बताउनु भयो । साथै उहाले मन्दिर संरक्षण प्रवद्र्धन तथा प्रचारप्रसार गरेर धार्मिक पर्यटन भित्र्याउने वातावरण सिर्जना गर्नु पर्ने वताउदै मन्दि सेवा समितिले थालेकोमा मन्दिर निर्माण कार्य प्रति खुसिलागेको वताउनुभयो ।
मन्दिरको निर्माण कार्य एक वर्ष भित्र सक्ने लक्ष्य रहेको समितिले जनाएको छ ।
कार्यक्रममा क्षेत्रीय होटल एशोसिएसन तथा हिले पर्यटन प्रवद्वन संस्था का अध्यक्ष खगेन्द्र कुमार विष्ट , हिले प्रहरी चौकि ईन्चार्ज लगायतकाले मन्तव्य राखेका थिए ।


