धनकुटामा ‘स्पर्श हेल्थ होम फिजियो थेरापी एण्ड रिह्याविलिटेशन सेन्टर’ सञ्चालन

धनकुटा खबर । कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर संखुवासभा र तेह्रथुमका विरामीहरुलाई सेवा दिने लक्षका साथ धनकुटामा आजवाट स्पर्श हेल्थ होम फिजियो थेरापी एण्ड रिह्याविलिटेशन सेन्टर सञ्चालनमा आएको छ ।

धनकुटाका स्थानिय युवाहरुको पहलमा सञ्चालन गर्न थालिएको यो सेन्टरको उद्घाटन एक कार्यक्रमको वीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गर्नुभएको हो ।

सेन्टर उद्घाटनको अवसरमा नि शूल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । शिविरमा विभिन्न स्थानका २ सय ५५ वढी सर्वसाधारणले सेवा लिएको सेन्टरका अध्यक्ष जयन्द्र प्रधानले जानकारी दिनुभयो ।

शिविरमा आज नाम दर्ता गरेर सेवा लिन नपाएकाहरुलाई भोलि पनि सेवा दिईने उहाँले वताउनुभयो । शिविरमा विशेषज्ञ डा फिजियो थेरापिष्ट अनिल कुमार महतो र डा राजेश शाह लगायतको टोलिले सेवा दिईरहेका छन् ।

यो सेन्टरमा गर्धन दुख्ने, ढाड दुख्ने, कम्मर दुख्ने, नशा च्यापीएको, प्यारालाईसिस लगायत रोगको उपचार गरिने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।