पाख्रीवास नगरपालिकालाई ‘सम्पूर्ण वालवालिका विद्यालय भर्ना भएको’ स्थानीय तह घोषणा
धनकुटा । पाख्रीवास नगरपालिकालाई आज एक कार्यक्रमको वीच विद्यालय उमेर समूहका सम्पूर्ण वालवालिका विद्यालय भर्ना भएको नगरपालिका घोषणा गरिएको छ ।
नगर प्रमुख वृष वहादुर राईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक टंक चौहानको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच नगरपालिकालाई जिल्लाको छैटौ विद्यालय उमेर समूहका सम्पूर्ण वालवालिका विद्यालय भर्ना भएको स्थानीय तह घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक चौहानले नगरका विद्यालय उमेर समूह ५ देखी १२ वर्षका सवै वालवालिका विद्यालय भर्ना भएको घोषणा गर्दै अव गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने वताउनुभयो ।

उहाँले वालवालिकाहरु सँग देशको भविष्य गाँसिएको गुणस्तरिय शिक्षाका लागि सवैले ध्यान दिन जरुरी रहेको वताउनुभयो । संयोजक चौहानले वर्तमानवस्थामा मोवाईल, ईन्टरनेटको अत्यधिक प्रयोग वढेको भन्दै विद्यार्थीहरुलाई यसको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।
त्यस्तैगरी शिक्षा विकास तथा समन्वय ईकाई समिति धनकुटाका संयोजक राम वहादुर थापाले विद्यालय उमेर समूहका सम्पूर्ण वालवालिकालाई विद्यालय भर्ना गराउने सरकारको लक्ष अनुसार यो कार्यक्रम जारी रहेको जानकारी गराउदै यो अभियान सफल वनाउन सवैको साथ आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालयका निमित्त उपप्रमुख पुष्पराज वराल, पाख्रीवास नगरपालिका अधिकृत गणेशराज कार्की सहित वडाध्यक्षहरु,विद्यालयका शिक्षक लगायतको उपस्थिती थियो । कार्यक्रममा स्वागत मन्तव्य नगरपालिका उपप्रमुख देवकला पौडेल तिम्सिनाले राख्नुभएको थियो ।


