धनकुटा आईपुगेका मन्त्री घिमिरेले भने,- असोजमा सबै संक्रमण सकिन्छ

धनकुटा खबर । मुलुकको राजनैतिक संक्रमण काल सकिए बाँकी रहेको प्रशासनिक संक्रमण काल असोज १५ भित्र सकिने प्रदेश नं. १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बताउने भएको छ ।

गर्गाचार्य सामुदायिकविश्वभाषा पुस्तकालय धनकुटाको सातौँ बार्षिक साधारणसभा उत्घाटन पछि गरिएको पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नु भयो–‘राजनैतिक ब्यबस्थाका रुपमा केन्द्र,प्रदेश र स्थानिय तह बनेपनि त्यसलाई चलाउने प्रशासनिक संरचना नबन्दा बिकासको काम प्रभावित भएको छ ।’

प्रसस्त बजेट भए पनि त्यसलाई लागू गर्न आवश्यक ऐन, कानून, निति र प्रशासनिक संरचना नबन्दा प्रदेश नं. १ को बिकास तथा कार्यक्रमहरु प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशको अधिवेशन चलिरहेकोले आउने असोज १५ सम्ममा ऐन,कानुनु र प्रशासनिक संगठनको काम पुरा हुने पनि मन्त्री भिमिरेले जानकारी दिनुभयो ।

‘प्रदेशका ७ मन्त्रालय बाहेक तिनका कुनै इकाई गठन गरिएको छैन’–उहाँले बताउनु भयो ।

प्रदेश सरकार प्रदेश नं. १ का लागि चाहिने ५ हजार कर्मचारीहरुको ब्यस्थापन लागिरहेको बताउँदै घिमिरेले सामाजिक बिकास मन्त्रालय अन्तर्गत मात्र २० वटा कार्यालयको माग गरेको जानकारी दिनुभयो ।

फरक प्रसंगमा घिमिरेले राजधानी र नामका बिषयमा असोज भित्रमा टुंगो लागेपनि उक्त बिषयमा हाल सम्म प्रदेश सभामा प्रबेश नगरेको जानकारी दिनुभयो ।

मन्त्री घिमिरेले गर्गचार्यको साधारण सभापछि क्षेत्रीय संग्राहलय धनकुटा र फोहर मैला ब्यबस्थापन केन्द्र ल्याण्ड फिल्ड साईट सल्लेरीको अवलोकन गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।