वालवालिकाको पढाई नै प्रभावित हुनेगरी मुढेवासस्थित संयुक्त माविका शिक्षकहरु विदामा !

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका मुढेवास टोक्रोम्वा स्थितको संयुक्त माविमा एकै समयमा धेरै शिक्षकहरु विदामा वस्दा आफ्ना वालवालिकाको पढाई प्रभावित भएको भन्दै अभिभावकहरुले चिन्ता व्यक्त गरेकाछन् ।

विद्यालयमा अभिभावकहरुले अनुगमन गर्दा आज ३ जना शिक्षक अफिसमा रहेको ३ जना शिक्षक विदामा वसेको र अन्य भने आफ्नो काममा खटेको पाईएको अभिभावकहरुले जनाएकाछन् । यसरी एकै समयमा धेरैजना शिक्षक विदामा वस्दा वालवालिकाको पढाई प्रभावित हुने उनीहरुको गुनासो छ ।

अभिभावकहरुका अनुसार कुनैवेला ५ देखी ७ जना सम्म शिक्षक एकै पटक विदामा वस्ने गरेको पाईएको छ । शिक्षकहरु विदामा वसेको समयमा पनि अन्य शिक्षकले कक्षा लिदिए राम्रो हुने अभिभावकहरुको भनाई छ ।

यता यस विषयमा विद्यालयका सह प्रधानाध्यापक मान वहादुर वस्नेत सँग वुझ्दा शिक्षकहरुको सञ्चित विदा अनुसार अनिवार्य कामका लागि शिक्षकहरु विदामा वसेका हुन् ।

शिक्षकहरु विदामा वसेको समयमा पनि अन्य शिक्षकले कक्षा लिदिए राम्रो हुने अभिभावकहरुको भनाई प्रति उहाँले सवै शिक्षकको आ आफ्नो तोकिएको कक्षामा पढाउनु पर्ने हुँदा त्यस्तो विकल्प निकाल्न समस्या भएको वताउनुभयो ।

उहाँले पनि एकै पटक धेरै शिक्षक विदामा वस्ने गरेको कुरालाई स्वीकार्दै विद्यालयमा यसअघि खाली घण्टीमा अन्य शिक्षकले कक्षा लिन व्यवस्था भएको भएपनि अहिले विद्यालय प्रसाशन र व्यवस्थापन समितिले कडाई नगरेपछि सोह व्यवस्था नरहेको वताउनुभयो ।

हालै स्थानिय तहले सञ्चालन गरेको के जी कक्षा सहित अहिले विद्यालयमा १४ वटा कक्षा रहेको भन्दै सह प्रधानाध्यापक वस्नेतले अहिले विद्यालयमा १९ जना शिक्षक कार्यरत रहेको जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖