धनकुटामै प्रचलनमा छ यस्तो अनौठो परम्परा : मलामीलाई खाजा ‘बाख्राको मासु’ !
धनकुटा खबर । मलामीका लागि माटोको हाडीमा बाख्राको मासु पकाउँदै एक ब्यक्ति । यो धनकुटाको नगरपालिकाकामा मात्र पाईने आठपहरिया जातिको संस्कार हो ।
यी जातिका कुनै पनि ब्यक्ति दुर्घटना, चोटपटक वा आत्महत्या गरी मृत्यु भएमा निजको मृत्यु भएकै दिन मलामीहरुलाई बाख्राको मासु खुवाएर सम्पूर्ण सुद्दाई कर्म सक्ने अनौठो परम्परा रहिआएको छ ।
पहिला–पहिला यी समुदायका सबै मलामीहरुले खाजाको साथमा बाख्राको मासु नै खाने गरेपनि अहिले भने मृतकको नाममा चढाएर छाड्ने गरिन्छ । यो तस्वीर धनकुटा नगरपालिका वडा नं. ५ स्थित मंगलबार आत्महत्या गरेका एक २६ बर्षिया आठपहरिया यूवाको मलामी कर्मको हो ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर

