धनकुटा आईपुगेका मुख्यमन्त्री राईले दिए यस्तो निर्देशन…

संघियताको अनुभूति दिलाउने गरी काम गर्नु – शेरधन राई

धनकुटा खबर । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले जनताहरुलाई संघियताको अनुभूति दिलाउने गरी जिम्मेवार सम्हाल्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

धनकुटामा स्थापना गरिएको शिक्षा बिकास र स्वास्थ्य निर्देशनालयको उत्घाटनमा बोल्दै मन्त्री राईले ती कार्यलयबाट प्रदेश नं.१ का जिल्लाहरुले पाउने सेवा प्रति जिम्मेवार हुन आग्रह गर्नुभएको हो ।

‘बिश्वको संघियतामा प्रदेशको अभ्यास सबैको लागि नयाँ हो’ उहाँले भन्नुभयो प्रदेश सरकार र निति निर्माण गर्दा केहि दुःख हामीले भोग्यौं अब कर्मचारी वर्गहरुले पनि यो नयाँ अभ्यासको कठिनाईलाई बुझेर काम गर्नु होला ।’

उक्त २ निर्देशनालयबाट प्रदेश नं.१ का १४ जिल्लाहरुमा रहेका शिक्षा र स्वास्थ्य कार्यालयहरुको प्रशासनिक काम गर्ने मन्त्री राईले जानकारी दिनुभयो ।

उत्घाटन समारोह पछि भएको कार्यक्रममा सामाजिक बिकास मन्त्री जीवन घिमरिेले धनकुटाको क्षेत्रीय संग्राहलयलाई प्रदेश स्तरीय संग्राहलयका रुपमा बिकास गर्ने बताउनुभयो ।

प्रदेश नं.१ प्रमुख सचिव केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभसद्हरु निरन राई,ईन्द्रमणि पराजुली,कुसुम कुमारी श्रेष्ठ,जिल्ला समनवय समिति धनकुटाका सभापति टंक चौहान र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले शुभकामना मन्तब्य राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।