दशैं सुरु भई सक्दा समेत बजार अनुगमन भएन, पसल पिच्छेको फरक मुल्यले सर्वसाधरण हैरान
धनकुटा खबर । कर्मकाण्डी रुपमा दशै तिहारको बेला हुने बजार अनुगमन धनकुटाको छथरजोरपाटी गाउँपालिकामा दशैं सुरु भई सक्दा समेत भएको छैन् ।
साविक तेलिया, तांखुवा, परेवादिन, हातिखर्क, मुर्तिढुङ्गगाका साथै तेह्रथुम जिल्लाका सर्वसाधरणले समेत दशैका लागि दैनिक उपभोग्य सामाग्री खरिद गर्ने जोरपाटी, सिधुवा, चुलाचुली लगायतका बजारमा अहिले सम्म स्थानिय सरकारले बजार अनुगमन नगरेको हो ।
बजार अनुगमनका गर्नका लागि गाउँपालिकामा कुरा भई रहे पनि अनुगमन सुरु भने गर्न नसकिएको कार्यालयका सुचना अधिकारी उपेन्द्र श्रेष्ठले बताए । गाउँपालिका प्रवक्ता टेकबहादुर तामाङ्गले भने आफु कार्यलयमै रहेकोले बजार अनुगमनका लागि कुरा राख्ने र त्यसको जानकारी गराउने भने पनि जानकारी लिने प्रयास गर्दा गाउँपालिका प्रवक्ता तामाङ्गको फोन भने उठेन ।

आकासीदो महँगी, पसल पिच्छेको फरक मुल्यले गर्दा सर्वाधारणहरु भने हैरान भईरहने र मौकामा चौका हान्न पल्किएका कतियप व्यापारी र त्यसमा प्रभावकारी अनुगमन नभएमा घर आँगन को सरकार र सिंहदरवारको सरकार विच खासै फरक नहोला की ।


