धनकुटामा बृहत शल्यक्रिया : पहिलो दिन ७१ जनाको अपरेशन, २ सय बढीले सेवा लिए

धनकुटा खबर । कार्तिक १७ गतेसम्म संचालन हुने बृहत्त निःशुल्क स्वास्थ्य शिविरमामा पहिलो दिन ७१ जनाले बिभिन्न अपरेशन शेवा लिएका छन् ।

गाईनो, हर्निया, पथरी लगाएत मेजर शल्यक्रिया २४ जना, माईनर ४४ जनाको सल्यक्रिया एवं एक जनालाई कृतिम हात र दाँत सम्बन्धि दुईसय ५ जना भएको आयोजक समितिका प्रचार संयोजक राजेश्वरबहादुर श्रेष्ठले बताउनुभयो ।

शिविरमा शरिरका गाँठागुठी, कोठी, हर्निया, हाइड्रोसिल, मुत्रथैलीको पथरी, मेजर पायल्स, कृतिम हात लगाउने, पाठेघर झरेको शल्यक्रिया, पाठेघरमा मासु पलाएको, पित्तथैलीको पथरी, दाँत सम्बन्धी उपचार गरिने आयोजक समितिका संयोजक रोषेश श्रेष्ठले बताउनुभयो ।

अमेरिकी विशेषज्ञ डाक्टरहरुको सहभागितामा बुधबार शुरु गरिएको शिविरमा एक पटकमा चार जनाको मेजर अप्रेशन गर्ने व्यवस्था गरिएको आयोजक समितिका संयोजक श्रेष्ठले बताए ।

निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ लगायतका स्थानहरुबाट विरामीहरु सेवा लिन आएका छन् ।

धनकुटा जिल्ला अस्पतालमा आयोजित शिविर अलोहा मिसन अन्तरगत अमेरिकन ४० जनाको विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा दिने गरी धनकुटा अस्पतालमा बृहत्त निःशुल्क स्वास्थ्य शिविर भईरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖