बिरामीको चाप बढेसँगै धनकुटाको बृहत शिविरमा नयाँ विरामी भर्ना रोकियो
धनकुटा खबर । धनकुटामा संचालन भैरहेको बृहत निःशुल्क स्वास्थ्य शिविर अन्र्तगत सोमबार बाट नयाँ विरामी भर्ना रोकीएको छ ।
कार्तिक १७ गते सम्म संचालन हुने बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा आउने बिरामीको चाप बढेसँगै उपचार गर्न समय अपुग हुने देखिए पछि नयाँ बिरामी भर्ना रोकीएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
उनले भने,- पहिला नाम लेखाई सकेका बिरामीको उपचार गर्दा नयाँ बिरामीलाई समय अपुग हुने देखिएको छ त्यसले गर्दा नयाँ बिरामीको नाम दर्ता रोक्नु परेको हो तर आर्थिक रुपले मात्र उपचार गर्न नसक्नेहरुका लागि भने शिविर समितिको निर्णयले उपचार गर्न सकिने श्रेष्ठले जानकारी दिए ।
वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धार पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण गरिदै आएको छ ।


