प्रदेशको राजधानी धनकुटा माग गर्नु धनकुटेलीको नैसर्गिक अधिकार हो : मन्त्री कार्की
धनकुटा खबर । प्रदेश न १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले धनकुटा बासीले प्रदेशको राजधानी धनकुटा माग गर्नु नैसर्गिक अधिकार भएको बताएका छन् ।
धनकुटामा गरिएको पत्रकार संमेलनमा बोल्द मन्त्री कार्किले पहिलाको क्षेत्रिय सदरमुकाम र पहाडी र तराई जिल्लाको सेन्टरका हिसाबले समेत प्रदेशको राजधानी धनकुटा माग गर्नु धनकुटा बासीको नैसर्गिक अधिकार भएको बताएका हुन् ।
उनले भने- प्रदेको स्थाई राजधानीको बिषयमा छलफल चलिरहेको र अहिले सम्म धनकुटा, धरान, इटहरी र बिराटनगरको बारेमा कुरा भई रहेको र अन्तिम निर्णय समेत अब चाडै हुने छ ।

प्रदेशको नामको विषयमा पनि विभिन्न विकल्पमा छलफल चलिरहेको छ यो बिषय अब चाडै समाधान हुने समेत उनको भनाई थियो ।
धनकुटा लाई शिक्षा, स्वाथ्य , र पर्यटनहबको रुपमा विकास गर्नका लागि प्रदेश सरकार सकारात्मक रहेको र यस बिषयमा छलफल चलिरहेको समेत मन्त्री कार्कीले बताए । फरक प्रसंगमा बोल्दै मन्त्री कार्किले ११ जना मन्त्री सहितको मन्त्री परिषद प्रदेश १ मा बन्नु पर्छ भन्ने आफ्नो धारण रहेको र सरकारले समेत अबचाडै पूर्णता उनको भनाई थियो ।
पत्रकार संमेलनमा प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली , निरन राई कुसुम कुमारी श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।


