भाईरल बन्दै धनकुटाकी नव गायिका, फेरी आईन मिडियामा, गाईन यस्तो गीत – हेर्नुहोस भिडियो

धनकुटा । अवसर नपाउँदा जस्तो सुकै प्रतिभा भए पनि ओझेलमा पर्छ । तर, अवसर पाएपछि नयाँ प्रतिभाले पनि केही गर्न सक्छन् । यसको पछिल्लो उदाहरण धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं. ७ मुगाकी सुमिना बराइली ।

उनी भर्खर मात्रै गायन यात्रामा पाइला टेक्न लागेकी छन् । मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै गीत रेकर्डिङमा लागेकी छन् ।

अहिलेसम्म उनले कुनै गीत रेकर्ड गराएकी छैनन् । तर पनि उनका केही भिडियो भाइरल बनेको छ । उनी पछिल्ला दिनमा नव गायीकाको रुपमा उदाउँदै गरेकी गायीकाको रुपमा भाइरल बन्न थालेकी छन् ।

संगीतको कुनै औपचारिक प्रशिक्षण नलिएकी सुमिनाले आफ्नो स्वरमा पहिलोपटक गीत रेकर्ड गर्ने तयारीमा जुटेकी छन् । अहिलेका व्यस्त संगीतकार सन्तोष श्रेष्ठको संगीतमा उनले पहिलो प्रतिभा स्वरुप गीत रेकर्ड गराउँदै छिन् । जसको शब्द गोपाल बराइलीको छ ।

उनले स्कुले जीवनमा गाउँघरमा हुने कार्यक्रमहरुमा मात्रै आफ्नो कला पस्किँदै आएकी थिइन् । अहिले पनि स्थानीय स्तरमा हुने कार्यक्रमहरुमा भने गाउने गर्छिन् । हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖