मुख्य राजमार्ग र सडक आसपासमा बसाइ सर्ने क्रम बढेसँगै ग्रामिणकेन्द्रहरु बजारमा विकशित हुँदै

धनकुटा खबर । जताबाटो उतै ब्यापार भनेझै मध्यपहाडीराजमार्ग निर्माणले गतिलिएसँगै सुबिधाको खोजि र ब्यापार ब्यबशाय संचालनका लागि यो राजमार्ग र अन्य प्रमुख राजमार्ग संग जोडिएका सडक आसपासमा बसाइ सर्ने क्रम बढेको छ ।

आफ्नो पुरानो बस्ती र गाउँछाडेर स्थानीयहरु बसोबासका लागि सडक पहुँच खोज्दै निस्कनेक्रम बढेपछि पुराना ग्रामिणकेन्द्रहरु स–साना बजारका रुपमा विकशित हुँदै गएका छन् । छथरका लोक बहादुर लिम्बुले मध्यपहाडी राजमार्गले छोएको पाख्रिबास बजारमा बसाई सर्ने योजना बनाई सकेका छन् ।

घोर्लिखर्कका हस्तबहादुर तामाङ्ग पनि बन्दब्यपार चल्ने सडक पुहँच खोज्दै डिकुरे बजार निस्केका छन् । लिम्बु र तामाङ्ग मात्र होइन, मध्यपहाडी राजमार्ग संगै प्रमुख राजमार्ग संग जोडिएका सडक आसपासमा बसाइ सर्ने क्रम विस्तारै बढेको हो । सुबिधा र संभावित ब्यशायीक योजना लिएर गाउँबाट राजमार्ग छेउमा बसाइसर्नेक्रम बढेको हो ।

धनकुटाको चौविसे क्षेत्रका डाँडाँबजार, राजारानी, मौनाबुधुक र छनम्वर बुधबारे भेडेटारबाट पाँचथरहुँदै इलाम जोड्ने सडक बिस्तार र विकासहुँदै गए पछि यस सडकको आसपासमा पनि बसाई सर्नेको संख्या बढ्दै गएको छ ।

त्यस्तै धनकुटा हुदै भोजपुर सम्म यातायत चल्न थाले पछि पाख्रिबास, महालक्ष्मी नगरपालिकामा पर्ने जितपुर, लेगुवा र दमारका लगायतका स्थानमा समेत चहलपहल बढेको महालक्ष्मी नगरपालिकामा शिबकुमार तुम्वाले बताए । उनले भने “पहिला बजार भने कै धरान थियो बाटोको विस्तारसंगै धनकुटा भयो सडक छेउ आएर मान्छे बस्न थाले गाउँका केन्द्र स–साना बजारमा रुपमा विकास भए ” त्यस्तै छथरजोरपाटि गाउँपालिका चुलाचुलि, काजिमाने पनि विस्तारै घर बन्दै गए पछि बजार बन्दै गएका छन् ।

नयाँ ठाउँ खोज्दै ब्यपारिक र ब्यबशायीक ब्यक्ति तथा समुह, संघसंस्थाका साथै निजि लगानीका बैंक र वित्तिय संस्थाहरु पनि सडक आसपामै गाउँगाउँ पुगेका छन् । यसरी जोडेका यस्ता सडकको मर्मतसंभार, संरक्षण र स्तरोनतीको दायीत्व उपभोक्ता र स्थानीय सरकारलाई छ । सडकसँगै पुग्ने बजारलाई स्वस्थ र बिबिधतायूक्त बनाउन सके ग्रामिण भेगका बासिन्दाले समय र पैसा खर्चेर पहिलाझै सदरमुकाम धाउनु पर्ने बाध्यता सधैका लागि अत्य हुने थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖