विद्यालयबाटै बिद्यार्थी अपहरणको प्रयास पछि धनकुटामा अभिभावकहरु सतर्क
धनकुटा खबर । बुधबार एक बिद्यार्थीको अपहरणको कोशिस पछि धनकुटाका अभिभावकहरु सर्तक भएका छन् ।
धनकुटा नगरपालिका ७ का १२ बर्षीय वालक हेलिज डंगोललाई बिद्यालयबाट अपहरण गर्न खोजिएको थियो । अपहरणको प्रयास पछि अहिले धनकुटामा अभिभावकहरुले आफ्ना बालबच्चाहरु आफ्नो निगरानीमा बिद्यालय पुर्याउन थालेका छन् ।
स्थानिय तमोर भ्याली सेकेण्डेरी वोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत हेलिज डंगोललाई एक अपरिचत युवाले ‘दिदी विराटनगरमा दुर्घटनामा परि आईसियुमा राखेको छ तिमीलाई लिन आएको’ भनेर अपहरण गर्न खोजेका थिए ।

तर डंगोलले शिक्षिका गीता खत्रीलाई भनेपछि उनले विद्यालायकी संचालिका देवीका लुईटेल अभिभावकलाई बुझेर आफै पठाई दिने जवाफ दिएकी थिइन । बिदालयको अनुमति पछि ती अपरिचत युवालाई स्कुटीमा लिएर घर जाँदै गर्दा ती अपरिचित भने विच बाटोमै स्कुटी रोक्न लगाएर फरार भएको शिक्षिका खत्रीले जानकारी दिइन् ।
त्यस पछि शिक्षिकाले अभिभावकसँग सम्पर्क गरे पछि ती युवा अपहरणकारी भएको पत्ता लगेको थियो । घटना पछि हेलिजका वुवा राजकुमार डंगोलले आफ्नो वच्चालाई अपहरण गर्न खोज्नेलाई खोजीगरी कार्वाही गर्न स्थानिय प्रशासनसंग माग गरेका छन् ।
अपहरणकारीको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले जानकारी दिए ।


तस्वीर : आफ्ना बच्चाहरु बिद्यालय पुर्याउन जाँदै अभिभावकहरु ।


