धनकुटामा आँखा स्वास्थ्य शिक्षा अभियान

धनकुटा खबर । नेपाल नत्रज्योती संघ डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी धनकुटामा संचालन गरेको छ ।

धनकुटा नगरपालिकाका सामुदायिक बिद्यालयहरुका शिक्षक तथा शिक्षिकाहहरुको सहभागीतामा संचालन भएको अभिमुखिकरण कार्यक्रमको उद्घाटन धनकुटाका शिक्षा विकास समन्वय अधिकारी राम वहादुर थापाले धनकुटामा उद्घाटन गर्दै आखा जस्तो संवेदनशिल तथा महत्वपूर्ण अंगको उपचारमा र जनचेतनामा सवैले ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

नेपाल नेत्र ज्याती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरगाईको अध्यक्षमा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य ठगेन्द्र अधिकारीले र कार्यक्रमको संचालन सचिव देव खड्काले गर्नु भएको थियो । भने संस्थाको परिचय तथा स्वास्थ्य शिक्षाको सिद्धान्तको वारेमा अस्पतालका व्यवस्थापनक ंगंगा वहादुर खत्रीले र आखा र यससंग सम्वन्धित रोगहरुको वारेमा नेत्र सहायक डोनराज गुरुंङ्ग र दृष्टि परिक्षण विधिको वारेमा सचिन लम्सालले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमका नेपाल नेत्र ज्योती संघका सदस्यहरु ऋषिराम ढुंगाना,विजय सन्तोषी राई,रेणु श्रेष्ठ,अष्मिका राई ,दुर्गा अधिकारी लगायत अस्पतालका स्वास्थ्यमर्की,कर्मचारी र धनकुटा नगरपालिका विभिन्न विद्यालयहरुको शिक्षकहरुको सहभागीता रहेको थियो ।

नेपाल नत्रज्योती संघ डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले आँखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम धनकुटाका सातवटै तहहरुमा संचालन गरिने अध्यक्ष दोर्ण गुरागाईले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖