प्रदेशको राजधानी र नामाकरण छिट्टै टुङगो गरिने : मुख्यमन्त्री राई

पत्रकारका समस्याका विषयमा प्रदेश सरकार गम्भीर छ

धनकुटा खबर । प्रदेश न १ का मुख्यमन्त्री शेरधनराईले प्रदेशको राजधानी र नामाकरण पनि छिटै टुङगो गरिने बताएका छन् ।

प्रेस काउन्सिल नेपालले धनकुटाले आयोजना गरेको श्रमजिवी पत्रकारहरुको अवस्था र पत्रकारहरुको आचारसंहिता बिषय प्रदेशस्तरिय छलफल कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन ।

यस्तै मुख्यमन्त्री राईले पत्रकारका समस्याका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आफू संचार मन्त्री भएर समेत काम गरि सकेकोले पत्रकारका समस्या आफुले बुझेको बताउदै त्यस्ता समस्याको समाधानका लागि प्रदेश सरकारले पत्रकार र संचार संस्था संग मिलेर काम गर्ने बताएका हुन् ।

प्रदेश स्तरमा समेत प्रेस काउन्सिलको आवश्यता भएको भन्दै प्रदेशस्तरिय छलफल कार्यक्रमका बाट आएका सुझाव, समस्याका विषयमा समेत प्रदेश सरकार लाई जानकारी गराउन समेत आग्रह गरे फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री राईले अब सबैको चाहना आर्थिक विकास रहेको बताउदै प्रदेशको राजधानी र नामाकरण पनि छिटै टुङगो गरिने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।