देश र परिवार छाडेर भागेकी साउदी युवतीलाई शरण मिल्यो

टोरोन्टो, २८ पुस । धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताउनु भएको छ ।

क्यानडा विश्वभरीको मावन अधिकार र महिना अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताउनु भएको छ । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्र्थी निकायले पेश गरेको शरणार्र्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताउनु भएको छ ।

साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन क्यानडाको मागको कारण क्यानडा तथा साउदी अरेबियाबीचको सम्बन्ध गत अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो । तर पनि क्यानडाले साउदी महिलाको शरणार्थी रुपमा सहजै स्विकार गरेको छ ।

आफ्ना परिवारसँग कुवेत भ्रमणमा भएकी रहाफले अचानक बैंककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन् । उनको खास उद्देश्य बैंककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको प्रवेश आज्ञासमेत रहेको थियो ।

तर बैंककको विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिएपछि उनी अलपत्र परिन । त्यसपछिको उनको कहानीले विश्वभर नै खैलाबैला मच्चियो ।

भागेर बैंककको विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहाफलाई विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए । रहाफले बैंकक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरी लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन ।

साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्ड समेत दिनसक्ने अपराध मानिन्छ । रहाफले परिवारबाट शारीरिक तथा मानसिक दुव्र्यव्यवहार भोगेको एएफपीलाई बताएकी थिइन । कपाल काटेको निहुँमा आफूलाई ६ महिनासम्म कोठामा थुनिएको उनको भनाई थियो ।

यद्यपी रहाफको परिवारका एक सदस्यले बीबीसीसँग कुरा गर्दै यी विषयमा उनीहरूले कुनै टिप्पणी गर्न नचाहेको र केबल रहाफको सुरक्षालाई लिएर चिन्तित भएको बताएका थिए छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖