ट्राफिक प्रहरी धनकुटाद्वारा ३० लाख राजश्व संकलन

धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले यस आर्थिक बर्षको पौष मसान्त सम्ममा करिब ३० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

चालकले सवारी नियम पालना नगरी चलाएका यातायत साधन, लाइसेन्स नभई यातायात चलाउने सवारी चालक लगायतका शिर्षकबाट यो राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयट्राफिक प्रहरी सहायक निरिक्षक सुरेन्द्र खड्काले जानकारी दिए ।

साथै चालु आर्थिक बर्षको यो अबधिमा धनकुटामा भएका १८ सडक दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् भने यस आर्थिक बर्षमा ५ हजार ३ सय ३० सवारी साधन लाई गरीएको कारबाही कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी चालक लक्षित नियमित सचेतना कार्यक्रमका साथै माघ १ गतेबाट चालक र सहचालकका लागि “डे«स कोड” को ब्यबस्था समेत गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।