प्रतिरक्षा खर्चमा अमेरिका–दक्षिण कोरियाबीच सहमति

सियोल । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियामा तैनाथ अमेरिकी सेनाको खर्चको व्ययभार दुबै मुलुकले दामासाहीले व्यहोर्ने बारेमा नयाँ सहमति हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ दलका एक सांसदले दक्षिण कोरियाले करिब ८८ करोड ९० लाख अमेरिकी डलर खर्च व्यहोर्ने सम्भावना रहेको बताउनुभयो ।

सत्तारुढ डेमोक्र्याटिक पार्टीका ली सू–ह्युकले प्रतिरक्षा खर्चका बारेमा दुबै मुलुकबीच अन्तिम सहमति हुन लागेको जानकारी दिनुभयो । “यो सहमति एक वर्षका लागि मात्र हो, र दुबै मुलुकबीच रहेका मतभिन्नता लगभग टुङ्गिइसकेका छन् ।”

नयाँ सहमतिसँगै सन् २०१९ का लागि दक्षिण कोरियाको प्रतिरक्षा खर्चमा झण्डै ८ दशमलब २ प्रतिशतले वृद्धि हुनेछ । दक्षिण कोरियामा तैनाथ करिब २८ हजार ५०० अमेरिकी सेनाको खर्च व्यवस्थापनका लागि कोरियाले सन् २०१८ मा करिब ९ खर्ब ६० अर्ब वोन ९कोरियाली मुद्रा० व्यहोरेको थियो ।

विगतमा, दुबै मुलुकबीच खर्चका विषयमा हरेक पाँच वर्षमा समीक्षा हुने प्रचलन थियो । संयुक्तराज्य अमेरिकाले सन् २०१९ का लागि न्यूनतम एक अर्ब डलर माग गरेको बताइएको छ । सांसद लीले दुबै मुलुकबीच सहमति हुनासाथ त्यसको अनुमोदनका लागि संसदमा पठाइनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।