धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सको २० औ बार्षिक उत्सव सम्पन्न

धनकुटा खबर । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाले २० औ बार्षिक उत्सव सम्पन्न गरेको छ ।

वि.स २०५५ सालमा स्थापना भएको धनकुटा इन्सिच्यूटले आज आफ्नो २० औ बार्षिक उत्सव सम्मपन गरेको हो । बार्षिक उत्सव कार्यक्रमा धनकुटा इन्सिच्यूटले शिक्षा, स्वाथ्य, पत्रकारीता, साहित्य, खेलकुदमा योगदान पुर्याउने विभिन्न व्यातिmहरु लाई सम्मान समेत गरेको थियो ।

बार्षिक उत्सव कार्यक्रमा बोल्दै धनकुटा नगरपालिकाका मेहर चिन्तन तामाङ्गले धनकुटाको स्वाथ्य शिक्षामा धनकुटा इन्सिच्यूटको भुमिका ठुलो रहेको बताउदै यसले अन्य स्वाथ्य संबन्धी विषय लाई पनि अध्ययन गर्ने बाताबरण बनाउन आग्रह गरे ।

त्यस्तै प्रदेशसभा संसद निरन राईले धनकुटा इन्सिच्यूटले स्वाथ्यका क्षेत्रमा धेरै नै काम गररेको बताउदै यो धनकुटाकै गहनाको रुपमा रहेकोले यसको संरक्षण र विकासमा धनकुटेलीको साथ र सहयोग सदैब हुने बताए ।

धनकुटा इन्सिच्यूटका निर्देशक रामनारायणप्रसाद रामाले धनकुटा इन्सिच्यूटलाई यो अवस्था सम्म ल्याउन सबै धनकुटेलीको साथ र सहयोगले संभव भएको बताउदै योग्य र दक्ष जनशक्ति उत्पादन गर्न आफुले कुनै कसर बाकिँ नराखेको बताए ।

बार्षिक उत्सव समारोहमा स्वाथ्य, शिक्षा, लगायत अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती समेत रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।