धनकुटामा खुल्ने भयो होमियोप्याथीक एण्ड होलिष्टिक टिचिङ्ग अस्पताल
धनकुटा खबर । धनकुटामा होमियोप्याथीक एण्ड होलिष्टिक टिचिङ्ग हस्पिटल स्थापनाको गर्नका लागि आवश्यक प्रकृया पुरा गरिएको होमियोप्याथीक र होलिस्टिक स्वाथ्य बिषयक छलफल कार्यक्रममा जानकारी दिईएको छ ।
जनभावना होमियोप्याथीक एण्ड होलिष्टिक टिचिङ्ग हस्पिटल प्रा.लिले धनकुटामा आयोजना गरेको छलफल कार्यक्रलमा यस्तो जानकारी दिएको हो । कानुनी प्रकृया सबै पुरा भई सकेकोले यसै शौक्षिक सत्र बाट होमियोप्याथीक अस्पतला संचालनमा ल्याईने लागेको जनभावना होमियोप्याथीक हस्पिटल प्रालिका संचालक डा. खगेन्द्र कटुवालले जानकारी दिए ।

राज्यको चासो कम भएकोले होमियोप्याथीक उपचार विधी पछि परेको भन्दै डा. कटुवाले अब राज्यले होमियोप्याथीक डाक्टर उत्पादनमा जोड दिन आवश्यक रहेको बताए । छलफल कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले होमीयोप्याथीक र एलोप्याथीक उपचार विधी लाई संग संगै विस्तार गर्नु आवश्यक रहेको बताए ।
त्यस्तै प्रदेश संसद निरन राईले धनकुटामा होमियोप्याथीक एण्ड होलिष्टिक टिचिङ्ग खुल्नु सकारात्मक रहेको बताउदै आफु यस लाई सहयोग गर्न सदैब तत्पर रहेको बताए ।


