ट्रम्प र किम बीचको वार्ता असफल भएपछि उत्तरकोरियाले गर्यो नयाँ अस्त्रको परीक्षण

काठमाडौं । उत्तर कोरियाले हालै टाढाबाट नियन्त्रण गर्न सकिने एउटा नयाँ किसिमको अस्त्रको परीक्षण गरेको छ।उक्त अस्त्र ‘ट्याक्टिकल गाइडिड वेपन’ भए‍को उल्लेख गरिएको छ।

गत फेब्रुअरीमा भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङअनबीचको दोस्रो शिखरवार्ता असफल भएपछि उत्तर कोरियाले नयाँ अस्त्र परीक्षण गरेको हो।कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार उक्त अस्त्र परीक्षणको निरीक्षण नेता किमको उपस्थितिमा गरिएको थियो ।

अस्त्र परीक्षणपछि प्रतिक्रिया दिँदै किमले यो “जनसेनाको युद्ध शक्ति बढाउन धेरै महत्त्वपूर्ण” उपलब्धि भएको जनाएका छन्। अस्त्रबारे उत्तरकोरियाली सरकारी समाचार संस्थाले खासै धेरै विवरण सार्बजनिक गरेको छैन यद्यपी याे सानो दुरीको भएकोले अमेरिकालाई खतरा नरहेको विश्लेषकहरूको भनाइ छ।

पटक पटक परमाणु परीक्षण गर्दै आएको उत्तर कोरियाले यस अघि अमेरिकासँग वार्ताको वातावरण बनाउन आफ्ना सम्पूर्ण परमाणु अस्त्र तथा परीक्षणका कार्यक्रम राेकेको बताउँदै आएको थियो ।

पहिलोपटक सिंगापूरमा वार्ता गरेका दुवै देशका शिर्ष नेताहरुले पछिल्लोपटक भियतनामको हनोइमा दोस्रो वार्ता गरेका थिए । परमाणु कार्यक्रमलाई दुवै देशबाट निशस्त्रीकरण गर्न आयोजित सम्मेलन बिना सहमती टुंगिएको थियो । वार्ता बिफल भएपछि उत्तर कोरियाका नेता किम जोंग उनले भनेका थिए- ‘ जव अमेरिका सही नियतले प्रस्तुत हुन्छ तव मात्र तेस्रो वार्ता गरिन्छ ।’

यता ट्रम्पले उत्तर कोरियाका अधिकारीहरु परमाणु नष्ट गर्नुको साटो त्यसमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउन माग गरेका कारण आफु वार्ताबाट पछि हटेको बताउँदै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।