नयाँ तीज गीत ‘बेलाउती कुड्काले’मा मोडल गीता र सगुनको छमछमी – हेर्नुहोस् भिडियो

काठमाडौं । चर्चित मोडलद्वय गीता राई र सगुन श्रेष्ठ ‘बेलाउती कुड्काले’मा मा छमछमी नाचेका छन् ।

गीता र सगुन अभिनित तीज गीतको म्युजिक भिडियो ‘बेलाउती कुड्काले’ बजारमा आएको छ । बिष्णु न्यौपानेको शब्द र लयमा तयार गरिएको सो तीज गीतमा सुनिता सुनार र खेमराज पौडेलले स्वर दिएका छन् ।

म्यूजिक भिडियोलाई बसन्त लामाले निर्देशन गरेका छन् । बिष्णु सेवाले छायाँकन गरिएको उक्त भिडियो चितवनको चोक बजार स्थित रोयल बेंकेट पार्टी प्यालेशमा छायांकन गरिएको हो ।

एक जमाना म्युजिक भिडियोतर्फ बलियो खम्बाको रुपमा चिनिएकी गीता राईले झन्डै सात सय म्यूजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । त्यस्तै सगुनले पनि हजार बढी म्युजिक भिडियोमा आफ्नो अभिनय तथा तीन सय बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

पछिल्लो समय राई र श्रेष्ठ गीतसंगीत क्षेत्रमा नै क्रियाशील देखिए पनि छानेर मात्र काम गर्न थालेका छन् । केही समयको ग्यापपछि आएका मोडलद्वय पुनरागमनको सन्दर्भमा आफूहरु व्यस्त भएकै कारण आउन नपाएको र अब कर्मलाई निरन्तता दिने बताउँछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।