तेस्रो किरात राई अन्तरास्ट्रिय सम्मेलन बेलायतमा हुने
काठमाण्डौ । किरात राई अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष दिवस राइको अध्यक्षतामा अन्तरास्ट्रिय समन्वय समितिको केन्द्रीय सचिवालयको बैठक बसि बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले तेस्रो किरात राई अन्तरास्ट्रिय सम्मेलन सन २०२० को मे/जुन महिना भित्र युके (बेलायत) मा गर्ने निर्णय गर्दै उक्त सम्मेलनको मुख्य ब्यबस्थापकको जिम्मा किरात राई यायोक्खा युकेलाइ दिने निर्णय गरेको छ ।
पहिलो र दोश्रो सम्मेलन क्रमशः काठमाडौ र भारतमा सम्पन्न भइसकेको छ । सम्मेलनले बिस्वमा छरिएर रहेका किरात राई जातीको साझा सरोकारको विभिन्न बिषयमा छलफल गर्ने गरेको छ ।
बैंठकमा भाग लिनको लागि मलेसिया , साउदी अरेबिया , दुबई , कुवेत लगायतका देसबाट प्रतिनिधित्व रहेको थियो ।


