माधव नेपाललाई ओलीको टर्रो जबाफको डर, भेट्नै गएका छैनन् बालुवाटार !

काठमाडौं, भदौ २४ । प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ।

स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

दुई साताको उपचारपछि स्वदेश फर्किएको चार दिनसम्म पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको छैन।

शुक्रबार फर्किएका ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने चारपटक भेटवार्ता गरिसकेका छन्।

सचिवालयका अरु नेताले पनि ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे चासो राख्दै शुभकामना व्यक्त गरेका छन्।

‘उहाँ (केपी ओली)ले नै स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भन्दै फिर्ता गरिसकेपछि फेरि जबर्जस्ती घरमै पुगेर अहिले कस्तो छ भन्नु त्यति राम्रो हुने कुरै भएन,’ नेता नेपाललाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘फेरि पुरानै कुरा दोहोर्याएर मैलै उतिबेलै शुभकामना चाहिँदैन भनेको थिएँ, किन आउनुपर्यो, चासो राख्नुपर्यो भन्ने अमिलो जबाफ आयो भने के गर्ने? त्यसैले उहाँहरुबीच संवाद हुन नसकेको हो।’

१९ दिनदेखि संवाद टुटेपछि वरिष्ठ नेता नेपाल पनि पार्टीको सचिवालय बैठकमै आफ्ना कुरा राख्ने सोचमा छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।