यसरी डेंगुका बिरामी भेट्न अस्पतालमै पुगे रबि र दिपक , के हो डेंगु, कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । हिजो आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिरामीहरुको भिड छ । शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो । डेंगुको शंका गर्दै जाँच गर्न आउनेहरुको संख्या बढेपछि अस्पतालमा थप काउन्टर र चिकित्सकहरु थपेर विरामीहरुलाई सेवा दिने काम भइरहेको छ । तर पनि एक जना विरामी ३ घण्टासम्म कुर्नु परेको छ ।सिन्धुपाल्चोकका रन्जित दंगाल टिभी हेरिरहेका बेला हातमा लामखुट्टेले टोक्यो । पछि रोगका लक्षण डेंगुको देखिएपछि उनी अहिले टेकुस्थित शुक्रराज अस्पतालमा उपचार गराइरहेका छन् ।

उनको कोठासँगै विरगञ्जका प्रशान्त जैशवाललाई पनि डेंगु पोजिटिभ देखिएपछि उपचार गराइरहेका छन् ।रन्जित र प्रंशान्त मात्र होइन शुक्रराज अस्पतालमा डेंगुको उपचार गराउनहरुको भिड छ । अहिले शुक्रराज अस्पतालमा उपचारमा संलग्न चिकित्सकलाई चिया खाजा खान पनि फुर्सद छैन।चिकित्सकहर विरामी जाँच्नमै व्यस्त हुन्छन् । हामी शुक्रराज अस्पतालका प्रवक्ता एवं प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बाँस्तोला समक्ष पुग्दा उनी निकै व्यस्त थिए कि फोनबाटै पनि डेंगुको लक्षण र उपचारका बारेमा बताइरहेका थिए।डक्टर बास्तोला डेंगु भनेको भाइरल ज्वरो भएको बताउँछन् ।

डक्टर बास्तोलाका अनुसार सामान्य ज्वरो आएपनि डेंगु हो कि भनेर उपचार गराउन आउनेहरुका कारण अस्पतालमा भिड भएको बताउछन्।डाक्टर बास्तोलाका अनुसार डेंग पोजिटिभ हुने वित्तिकै आत्तिनु पर्दैन ।यसको उपचार हुन्छ, तर डेंगु देखिएपछि उपचारमा ढिलाई गर्ने नहुने उनको भनाइ छ । यो रोगको मुख्य लक्षण उच्च ज्वरो आउनु, ज्वरो पाँचदेखि सात दिनसम्म रहनु । टाउको असाध्यै दुख्नु । आँखाको गेडी र पछिल्लो भाग दख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्नु, शरीरमा बिमिरा देखापर्नु र धेरै ज्वरो आई दुई वा दुईभन्दा बढी लक्षण देखापरेको अवस्थामा डेंगु ज्वरो आएको शंका गर्न सकिने डाक्टर बास्तोला बताउछन् ।

 

टायर भित्र मात्र होइन घर वरपर जमेको पानीमा पनि लामखुट्टले अण्डा पार्ने गर्दछ । डाक्टर गौतमका अनुसार डेंगु रोकथाम गर्न नागरिक स्तरमा जनचेतना जगाई सरसफाईको महाअभियाननै सुरु गरिनुपर्छ ।नागरिक स्तरबाट हुनुपर्ने कामका साथै सरकारले गर्नुपर्ने कामहरु धेरै छन् । धरानमा डेंगुको महामारी फैलिदा सरकारले तदारुकता देखाएको देखिदैन् ।स्वास्थ्य शिविरहर सञ्चाल गरिनु पर्दथ्यो गरिएन् । जनचेतना फैलाउन समेत सकेन । कतिसम्म भने डेंगु नियन्त्रणका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकार बीचनै समन्वयको खाँचो देखियो । सरकारले समयमा जनचेतना फैलाउन नसकेपछि डेंगुका विषयमा सर्वसाधारणमा अफवाह फैलिरहेको छ ।

टेकुको शुक्रराज अस्पताल बाहेर राजधानीकै अन्य अस्पतालहरुमा पनि डेंगुका बिरामीहरु उपचार गराइरहेका छन् ।हामीले डेंगु कसरी सर्छ ?यसलाई निर्मूल पार्न के गर्नुपर्छ ? भनेर त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक त्रिवी प्राकृतिक विज्ञान संग्रालयका किटविज्ञ डाक्टर इसान गौतमलाई सम्पर्क ग¥यौं । आफ्ना विद्यार्थीहरुलाई लागि चक्रपथका विभिन्न स्थानमा यही विषयमा अध्यापन गराइरहेका डाक्टर गौतमले हामीलाई पनि सुकेधार नजिक टायर जम्मा भएको स्थानमा लगे । उनले यसरी सबै भन्दा बढी त टायरहरु राखेको स्थान खतरनाक भएको बताए ।टायर भित्र जमेका पानीमा लामखुट्टेले अण्डा पार्छ र पछि त्यो लार्भा हुदै बाहिर निस्कन्छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖