भदौ मसान्तभित्र सम्पत्ति बिवरण बुझाउन सैनिक अधिकृत तथा जवानहरुलाई प्रधानसेनापति थापाको निर्देशन

काठमाडौं । सैनिक मुख्यालयले भदौं मसान्तभित्र सम्पत्ति विवरण बुझाउन सैनिक अधिकृत तथा जवानहरुलाई निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले विशेष सम्बोधनसहित आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि जंगीअड्डाले अधिकृतहरुलाई भदौभित्र सम्पत्ति बिवरण बुझाउन निर्देशन दिएको हो ।जंगीअड्डाले प्रधानसेनापति थापासँगै अन्य उच्च अधिकृत, अधिकृत र सैनिकहरुलाई पनि सम्पत्ति विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो । नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले सबै सैनिक अधिकृतहरुले भदौं मसान्तभित्र सम्पत्ति विवरण सम्बन्धित विभागमा अद्यावधिक गर्न निर्देशन दिइएको बताउनु भयो ।

प्रवक्ता पाण्डेका अनुसार प्रधानसेनापति थापाबाट निर्देशन भएबमोजिम अब सबैले नियमअनुसार सम्पत्ति विवरण बुझाउने र अद्यावधिक गर्ने काम हुनेछ ।प्रधानसेनापतिले नै सेनाको वेभसाइटमा सम्पत्ति बिवरण राखेपछि अन्य उच्च सैनिक अधिकृतको पनि विवरण राख्ने भएको छ । प्रवक्ता पाण्डेका अनुसार गोपनीयताको हकमा धक्का नपुग्ने गरी नेपाली सेनाको वेबसाइटमा अन्य उच्च सैनिक अधिकारीका सम्पत्ति विवरण पनि राखिने भएको हो । सेनापति थापाले आफ्नो एक बर्ष अवधी पुगेको अवसरमा गर्नुभएको सोमबारको सम्बोधनमा आन्तरिक सुशासन तथा पारदर्शीता कायम गर्नका लागि सम्पत्ति विवरण अद्यावधिक गरेर दुरुस्त राख्न निर्देशन दिनुभएको थियो ।

आवश्यक परे सम्पत्ति विवरणमाथि कानुनबमोजिम छानबिन र कारबाही हुने घोषणा पनि प्रधानसेनापति थापाले गर्नुभएको थियो । सैनिक मुख्यालयका अनुसार अधिकृतदेखि सिपाहीसम्मले आफू कार्यरत रहेको युनिट प्रमुखसमक्ष सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यो विवरण कुनै पनि बेला मुख्यालयले झिकाएर छानबिन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सार्वजनिक पद धारण गर्ने अधिकारी तथा कर्मचारीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ ।

सेनापति थापाले नेतृत्व समालेदेखि नै भ्रष्टाचार नियन्त्रण, आन्तरिक सुशासन तथा जवाफदेहीतामा जोड दिँदै आउनुभएको छ । सेनाभित्र हुने आर्थिक हिनामिना र भ्रष्टाचारलाई अख्तियारको अधिकार क्षेत्रभन्दा बाहिर राखिएको छ । सेनाभित्रकै संरचनाले अनुसन्धान गर्ने र सैनिक अदालतले यो मुद्दा हेर्ने व्यवस्था छ । नायब महान्यायधिवक्ताको अध्यक्षतामा गठन हुने इन्क्वाइरी बोर्डले भ्रष्टाचारको अनुसन्धान गर्ने र मुद्दा दायर गर्ने गरेको छ । भ्रष्टचारको मुद्दाको सुनुवाइ तथा छिनोफानो सैनिक विशेष अदालतले गर्ने गरेको छ। त्यो इजालसमा नेपाल सरकारले तोकेको उच्च अदालतका न्यायाधीश प्रमुख हुन्छन् भने रक्षासचिव र सेनाको कानुन विभागका प्रमुख सदस्य हुने ब्यवस्था छ ।

यो अदालतको निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाइने प्रावधान छ । अख्तियार भन्दा बाहिर राखिएकै कारण सेनापति थापाले आन्तरिक सुद्धिकरणका लागि सवैको सम्पत्ति बिवरण अध्यावधिक गराउन निर्देशन दिनुभएको हो । सेनाको पुरानो परम्परा तोडदै सेनापति थापा सुधारमा आक्रामक बन्नुभएको हो । एक बर्ष अवधी पुगेको अवसरमा गरिएको सम्बोधनमा उहाँले नेपाली सेनाको क्यान्सर निको पार्न आफू अझै कठोर बन्ने घोषणा गर्नुभएको थियो । अव उहाँ एक्शनमै उत्रनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖