मेस्सीलाई बार्सिलोनामाथि शंका, नेइमार क्लब फर्किए अति खुशी हुने

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले नेइमार बार्सिलोना फर्किए आफूलाई अति नै खुशी लाग्ने बताएका छन् । नेइमार पुनः बार्सिलोना आएमा आफूहरुले क्लबको उद्देश्यहरु पूरा गर्ने सम्भावना थप बलियो हुने मेस्सीले बताएका छन्।

२७ वर्षका नेइमार दुई वर्षअघि बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् । उनी यो सिजन बार्सिलोना आउन चाहन्थे, तर दुई क्लबबिच सहमति हुन नसकेपछि नेइमार कम्तिमा आउँदो जनवरीसम्म पिएसजीमै हुने छन् ।
स्पेनिस पत्रिका स्पोर्टसलाई नेइमारबारे मेस्सीले भनेका छन्, ‘उनी (नेइमार) क्लबमा पुनरागमन गर्न आतुर छन् । मलाई थाहा छैन क्लब (बार्सिलोना) ले उनलाई ल्याउन साँच्चै प्रयास गर्‍यो या गरेन ।’

नेइमारले सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा रहँदा १८६ खेलमा १०५ गोल गरे । उनले पिएसजीका लागि ५८ खेलमा ५१ गोल गरेका छन् । बार्सिलोनाका कप्तान समेत रहेका ३२ वर्षे मेस्सीले भनेका छन्, ‘नेइमारलाई म क्लबमा चाहन्छु । मलाई थाहा छ कि केही मानिसहरु उनको आगमनको विपक्षमा छन् । र यो कुरा पनि थाहा छ कि जसरी उनले छोडे त्यसले उनमा कस्तो प्रभाव परेको छ ।’

मेस्सीले अघि भनेका छन्, ‘तर खेलको स्तरमा हेर्दा, मलाई व्यक्तिगत रुपमा लाग्छ कि नेइमार विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । र उनी हाम्रो टिममा हुँदा क्लबको उद्देश्य पूरा गर्ने मार्गमा सहजता र सम्भावना बढी हुन्छ ।’

बार्सिलोनाका खेलाडीले नेइमारलाई ल्याउन क्लबलाई आग्रह गरेको भन्ने सम्बन्धमा मेस्सीले भनेका छन्, ‘हामीले हाम्रो विचार प्रस्तुत गरेको हो । उनी आउँदाका सम्भावनाहरु बताएको हो । तर उनलाई ल्याउनै पर्छ भनेर भनेका छैनौँ ।’
मेस्सी सन् २००१ मा बार्सिलोनामा अनुबन्धित भएका हुन् र क्लबसँगको हालको उनको सम्झौता सन् २०२१ को जुनमा सकिन्छ ।

उनले भने, ‘जति सक्दो लामो समय म यहिँ रहन चाहन्छु, आवश्यकता र मेरो शरीरले साथ दिएसम्म खेल्न चाहन्छु । यो मेरो घर हो । र यहाँबाट अन्त जानेबारे साचेको छैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖