संविधान दिवस : मधेसी दल विभाजित, के भन्छन् सीके राउत ?
काठमाडौं, भदौ २७ । संविधान दिवस मान्ने कि नमान्ने भन्नेमा तराई/मधेसकेन्दिैत दल विभाजित छन्। समाजवादी, राजपा र सीके राउत नेतृत्वको दलबीच यसबारे एकमत छैन।
राजपाको अध्यक्षमण्डल बैठकले हालै असोज ३ लाई कालो दिनका रूपमा मनाउने देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। दोस्रो संविधानसभाले २०७२ असोजमा नयाँ संविधान जारी गर्दा मधेसकेन्द्रित दल आन्दोलनमा थिए।
संविधान संशोधन नभएसम्म विरोध कार्यक्रम जारी रहने राजपा संयोजक राजकिशोर यादवले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा नवीन झाले लेखेका छन्।
समाजवादीको धारणा भने फरक छ। वरिष्ठ नेता अशोक राईका अनुसार संविधान दिवसमा सहभागी नहुने तर विरोध प्रदर्शन पनि नगर्ने रणनीति पार्टीले बनाएको छ।
यस्तै सीके राउतले विगतमा सरकार र काठमाडौंकेन्द्रित भएको भनी मधेसवादी दलको चर्काे आलोचना गरेका थिए। उनी यसपटक संविधान दिवसका विषयमा मौन देखिएका छन्।


