गृहमन्त्री वादलका भाइले किन भेटे जे’लका कै’दीलाई ?
काठमाडौं, भदौ २८ । फिरौती संकलनमा सक्रिय भएको अ’भियोगमा प’क्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा आफूले सुन्धारास्थित केन्द्रीय का’रागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन्।
केन्द्रीय अ’नुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन्। तर, केन्द्रीय का’रागारको सुरक्षार्थ खटिएका इन्सपेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जे’लभित्रै भेटेको आफूले देखेको बयान दिएका छन्।
ब्यु’रोसँगको बयानमा नरेशले फिरौती संकलन ध’न्दाका आठ आ’रोपितमध्ये तीन जनालाई चिनेको बताएका खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।
जे’लभित्रैबाट निर्माण व्यवसायी र व्यापारीलाई ध’म्क्याएर रकम असुल्ने समीरमान बस्नेतको योजनामा साथ दिएको आ’रोपमा नरेशसहित आठ जनाको काठमाडौँ जिल्ला अ’दालतमा बयान जारी छ।
इन्कारी बयान दिए पनि प्रहरीकै पहुँचमार्फत् थापाले का’रागारभित्र कडा सु’रक्षा घेरामा राखिएका बस्नेतलाई भेटेको अ’नुसन्धानले देखाएको छ।


