बलिङ पछि सन्दीप लामिछानेले ब्याटिङमा पनि बनाए नयाँ रिकार्ड

एजेन्सी । बलिङमा शनशनीपूर्ण प्रदर्शन गरिरहेका सन्दीप लामिछानेले ब्याटिङमा पनि नयाँ रकेर्ड बनाएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा सन्दीप लामिछानेले ब्याटिङमा नयाँ रेकर्ड राखेका हुन् ।

तर, यो रेकर्ड भने आफ्नै करिअरका हुन् । जमिका विरुद्ध अन्तिममा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले आफ्नो करिअरकै बढी रन जोडेका छन् ।

अन्तरराष्ट्रिय फ्रेन्चाइजीमा बलिङतर्फ अनिवार्य बनेका सन्दीपको ब्याट भने खासै चल्दैन । ५० खेलबाट सन्दीपले जम्मा ३० रन जोडेका थिए । एउटै खेलमा हाइ स्कोर भने नौ रनको थियो ।

तर, अन्तिम ब्याटिङ गर्न आएका सन्दीपले ८ बलको सामना गर्दै दश रन जोडे । सन्दीपकै ब्याटिङको बलमा जामिकालाई बार्बाडोस्ले १४१ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।

सन्दीप आउँदा १२४ रनमै सीमित बार्बाडोसका लागि पनि सन्दीपले थोरै आशा जगाउने काम गरेका छन् । जोसु केन्डल ललोरसँग साझेदारी गरेका सन्दीपले २०औं ओभरको पहिलो दोस्रो बलमा चौका प्रहार गरेका थिए । जामिकाले टस जितेर फिल्डिङ रोजेको थियो ।-हिमाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖