नेपाली लगायत आप्रवासीलाई ध’पाऊने भारतका केन्द्रीय गृहमन्त्रीको घोषणा
काठमाडौं । भारतले अब आफ्नो देशमा रहेको आप्रवासीहरुलाई देश वाहिर निकाल्ने घोषणा गरेको छ । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले अब छिट्टै यो नियम लागू गरिने घोषणा गर्नु भएको हो ।
यस्ले गर्दा भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अप्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । यस अघि आसाममा लागू गरिएको नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) अब मुलुकभर लागू गर्ने जनाएको छ ।
सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रममा मन्त्री साहले यस्तो चेतावनीदिनु्भएको हो। ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ यसरी देश चल्दैन ।’उहाँले भन्नुभयो ।
अब भारतमा बस्न भारतीय नागरिक नै हुनुपर्ने र भारतीय बाहेक अरु गैरकानुनी रुपमा बस्न नमिल्ने उहाको भनाई छ । चुनावी घोषणापत्रमा नै भाजपाले सो कुरा उल्लेख गरेको भए देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराउनु भयो। यसका अलावा अन्य कानूनी प्रक्रियाहरुमार्फत कारबाही गर्ने उहाको भनाइ छ ।


