खसी-बोका बेचेरै दशैं खर्च

धनकुटा खबर । दशैं नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा मासु जन्य पशु पंछी किनमेल गर्ने सर्वसाधारणको व्यापारीको घुईचो लाग्न थालेको हो ।

पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दशै, तिहार नजिकिएसँगै बोका खसी र मासु जन्य पंक्षिको बिक्रिगरी चार्डबार्डका लागी चाहिने सामग्री जोहो गर्नेको घुइचो लाग्न थालेको हो ।

संस्कृतिक पर्व भनिए पनि दशै तिहार लाई आर्थिक कारोबारको गतिलो समय मानिन्छ । धनकुटामा लागने साप्ताहीक बिहिवारे बजारमा खसी बोका विक्रिका लागि बुधबार नै सदमुकाम आएका छथर जोरपाटी गाउँपालिकाका मनोज लिम्बुले भने सर्वसाधारण किसानको आम्दानीको स्रोत भने कै खसी बोका हुन दशै अघिको अन्तिम हप्ता भोली परेकोले आजै गाउँ बाट बसी बोका ल्याई ग्राहक खोजी रहेको बताउछन् ।

उनले भने यसकै विक्रि बाट दशै खर्च चलाउने योजना छ । गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या पनि ह्वात्तै बढेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖