जब ‘भ्वाईस अफ नेपाल’की श्रेया राईले “छैन मेरो कोई” भन्दै गाईन यस्तो गीत – हेर्नुहोस् भिडियो
'भ्वाईस अफ नेपाल'की श्रेया राईको 'जुराईदेउ सोझो पोई' सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपाल सिजन १ की सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा मौलिक गीत सार्वजनिक भएको छ । तीजको अबसर पारेर उक्त गीत सार्वजनिक गरिएको हो ।
गायिका राईको ‘छैन मेरो कोही’ ‘जुराईदेउ सोझो पोई’ नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राक्रृतिक नै हो । यसै नियमलाई आत्मसातगर्दै युवतीले हरतरहका परिस्थिती र अबस्थामा हात र साथ दिने पोई (श्रीमान) मिलोस भन्ने चाह राख्छन भन्ने कुरालाई प्रष्ट्याऊन खोजिएको छ गीतमा ।

ओम प्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम के निरौलाको सङ्गीत रहेको छ भने मनोज साङ्सोन राईले सङ्गीत संयोजन गरेका छन । त्यस्तै आरती हमाल, बिवुती शर्मा, कृती लिम्बू, सम्रचना तामाङ, चाँदनी पौठाक, क्रिपा खड्का, अमिशा मल्ल आदि कलाकारको अभिनय रहेको उक्त गीतको नृत्य निर्देशन अस्मिता श्रेष्ठले गरेकी हुन ।
लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले चित्रमा ऊतारेका छन भने रमेश भिके रसाईलीले सम्पादन गरेका छन । हेर्नुहोस् भिडियो

