जग्गाको मा’लिक महिला भएको गाउँ

नेपालगन्ज । बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मा’लिक महिला मात्रै छन् । सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ ।

त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ । नेपालगन्जबाट करिब सात किलोमिटर पश्चिम–दक्षिणम अवस्थित सो गाउँमा म’धेसी र मु’स्लिम स’मुदायको बसोबास बढी छ ।

उक्त गाउँका बासिन्दासँग धेरै जग्गाजमिन नभए पनि भएजति सबै महिलाकै नाममा रहेको वडा नम्बर ३ का वडाध्यक्ष बिन्देश्वरी कुर्मीले बताए ।

सो गाउँका २५० भन्दा बढी महिलाको नाममा घरजग्गालगायतको सम्पत्ति रहेको वडाध्यक्ष कुर्मीले जानकारी दिनुभयो । आफूले पनि सबै जग्गा श्रीमती कृष्णाकुमारी कुर्मीको नाममा राखेको जनाउँदै उहाँले श्रीमतीलाई अ’धिकारसम्पन्न बनाएको बताउनुभयो ।

बन्जारेगाउँका अधिकांश पुरुष म’जदुरीको काम गर्छन् भने महिलाले घरभित्रको । जग्गा आफ्नो नाममा भएपछि महिलाहरू पनि खुसी छन् । स्थानीय २४ वर्षीया आश्मा वागवानले छोरा हुदाँहँुदै ससुराले आफ्नो नाममा जग्गा राखेकाले खुसी भएको बताउनुभयो । ससुराले आफूलाई छोरीसमान व्यवहार गरेको पनि उहाँले बताउनुभयो । गोरखापत्रमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।