जनतालाई गर्मीबाट बचाउन कतारको पूरै सहरमा एसी जडान !
एजेन्सी । विश्वमा हुने अनेक घटनाले दुनियाँलाई नै चकित बनाएकाे हामी सुन्दै आएका छौँ । तर विश्वसै लाग्न नसक्ने ती घटनाले मानव जीवनमा नयाँ आयम थप्न सहज बनाएको छ । सोही क्रममा कतारले मानव जीवनलाई सहज बनाउनका लागि नयाँ तरिका अपनाएको छ । जुन हामीले कल्पना गरेभन्दा धेरै फरक रहेको छ ।कतारले अपनाएको नयाँ तरिका सुन्दा हामी एक छिन सोच्न बाध्य हुनेछौँ । यस्तो के भने कतारमा सहन नसक्ने गर्मी बढेपछि कतारी सरकारले जनतालाई बचाउन नयाँ तरिका अपनाएको छ ।
उसले जनतालाई गर्मीबाट बचाउनका लागि पूरै सहरमा एसी जडान गरेको छ । राजधानी दोहाको सार्वजनिक स्थान तथा बजार क्षेत्रमा सरकारले एसी जडान गरेको हो । यसका साथै जनताले आफूलाई आवश्यक पर्ने तापमान नियन्त्रण गर्नका लागि सडकमा कोडिङ नम्बरकाे व्यवस्था गरेको छ ।अहिले कतारकाे राजधानी दोहाको ४६ डिग्री सेन्टिग्रेड रहेको छ । जसले गर्दा घर तथा व्यापारिक भवनमा एसी जडान गरिएको छ । तर सडक र सहरमा हिड्ने जनताका लागि समस्या भएकाले सरकारले पूरै राजधानीमा एसी जडान गरेकाे छ ।
जसकाे मुख्य उद्देश्य घर बाहिर भएका जनताले अधिक तापक्रममा हिड्न नपरुन भन्ने रहेकाे सरकारले जानकारी दिएको समाचारमा जनाइएको छ ।सरकारले जनताका लागि सहज बनाउन पूरै सहरमा एसी जडान गरे पनि नयाँ बहस हुन थालेको छ । सार्व जनिकमा नै सयाैँ एसी जडान गर्दा कार्बन उत्सर्जन भएर विश्व तापमानमा असर हुनेबारे बहस हुन थालेको हो ।


