छोरा ज’न्माएको २६ दिनपछि फेरि सु’त्केरी, दोस्रो पटकमा जु’म्ल्याहा बच्चा !

एजेन्सी । एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ ।

२० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ ।

बंगलादेशकी आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन ।

सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा. शीलाले बताइन् ।

पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । चिकित्सकका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय पाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖