भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई दिने ‘भाइमसला’ स्वास्थ्यका लागि निकै उपयोगी

काठमाडौं । भाइटीका लगाएपछि दिदी–बहिनीले दाजु-भाइलाई काजु, किसमिस, बदाम, ओखरजस्ता ‘ड्राइफुड’ दिने चलन छ । ‘ड्राइफ्रुड’मा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका लागि निकै उपयोगी पनि मानिन्छ । जसले शारीरिक विकासका साथै रोगसँग लड्नसक्ने क्षमता बढाउँछ ।

चिकित्सकका अनुसार तिहारमा दिदी–बहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने भाइ मसला स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै उपयोगी छ । एक अध्ययनअनुसार सातामा ५ पटक यस्ता ‘ड्राइफुड’ खाने मानिसमा मुटुको समस्या ५० प्रतिशतले कमी आउँछ ।

डायबिटीज र क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । तर, चाडपर्व बाहेक नेपाली प्रायः यस्ता ‘ड्राइफुड’मा रुची राख्दैनन् । काजुमा ७५ प्रतिशत अनस्याचुरेटेड फ्याटी एसिड हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । आइरनको राम्रो स्रोत किसमिस रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ ।

यस्तै, पेस्ताले कोरोनरी आर्टरी रोग र हृदयघातबाट बचाउँछ । सन्तुलित रक्त सञ्चालनका लागिसमेत पेस्ता उपयोगी मानिन्छ । बदामले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोग पु¥याउँछ भने ओमेगा थ्री एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत मानिन्छ ।

ओखर मुटुको मांसपेशीमा हुने कमजोरी, दम, अर्थराइटिस, एक्जिमा पत्थरीसहित क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । तिहारका बेला बढी खपत हुने यस्ता ‘ड्राइफुड’ वर्षभरी नै खानुपर्नेमा चिकित्सकको जोड छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖