प्रधानमन्त्री ओलीबाटै सिमा स’मस्या समाधान हुन्छ (भिडियो सहित)

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले भारतसँगको सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने दावी समेत गरेका छन् । ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट हुने ना काबन्दीको अन्त्य गरेर भारतलाई झु काउन सफल भएको थियो, प्रवक्ता श्रेष्ठले भने, ‘अब दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ ।’ त्यसका लागि सरकारलाई सबै राजनीतिक दलहरुको सहमति र जनताको समेत साथ र सहयोग रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।