राजतन्त्र फ’र्काउन ७२ घण्टे स’त्याग्रह (भिडियो सहित)
नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले आगामी मंसिर १ गतेदेखि ७२ घण्टे स त्याग्रह गर्ने भएको छ । उक्त स त्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने भएका हुन् । स त्याग्रह विहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुनेछ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले खबरदारीको कारण सरकार सुध्रिने कुनै लक्षण नदेखिएको र जनताको आवाजलाई बेवास्ता गरिएको आ रोप लगाएको छ ।
समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘हाम्रो देशलाई यस भयानक आर्थिक–राजनीतिक सं कटको द लदल र असफल राष्ट्र हुनबाट समयमै जोगाउन हामी यही २०७६ साल मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्न बाध्य हुनुको विकल्प नरहेको कुरा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी दिँदै स्वतन्त्र नागरिक समाज सारा स्वदेश तथा विदेशमा रहनु भएका आम नेपाली जनतालाई यो देशको धर्म, संस्कृति, मूल्य मान्यता अनि परम्परा जोगाउन, देशमा संवैधानिक राजतन्त्र तथा हिन्दू अधिराज्य स्थापना गर्न पहिला सबै नेपाली भएर सोचौं र यस स त्याग्रहमा बृहत्त सहभागी जनाई आफ्नो दायित्व निर्वाह गरी सफल पारिदिनु हुन हार्दिृक अनुरोध तथा आह्वान गर्दछौं ।’

