सरकार ग ठन प्र क्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा

लण्डन । बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’ गएका छन् ।

बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको दलले ३६४ सीट प्राप्त गर्न सफल भएको छ ।

निर्वाचनमा ऐतिहासिक सफलता पाएपछि नयाँ सरकारको गठन प्रक्रियाका लागि आफ्नो पार्टीको जीतबारे महारानी एलिजावेथ द्वित्तीयलाई औपचारिकरूपमा जानकारी गराउन कन्जर्भेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार राजदरबार पुगेका हुन् ।

बेलायतको संसदीय निर्वाचनमा जोनसनको दल कन्जर्भेटिभ पार्टी सन् १९८० पछि भारी बहुमतका साथ विजय भएको छ । तत्कालिन प्रधानमन्त्री मार्गरेट थ्याचरको नेतृत्वको सरकारपछि कन्जर्भेटिभ पार्टीले अपार बहुमत पाएको छ ।

जोनसनको दलको जीतले बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका लागि त्यहाँका जनताले फेरि एक पटक कन्जर्भेटिभ पार्टीलाई बृहत अवसर मिलेको छ ।

तर यस पहिले भएका पटक पटकका प्रयासपछि पनि ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसकिएको दृष्टान्तलाई हेर्ने हो भने जोनसनलाई अबसरसँगै उत्तिकै चुनौती रहेको छ । – एएफपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।