जब कलाकार केशव भट्टराईलाई श्री’मतीले अन्तिम पटक ढोग गरिन, जुन दृश्य निकै का’रुणीक थियो (भिडियो)

काठमाडौँ । स्व र्गीय कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीको सोमबार पशुपति आ र्यघा टमा अ न्त्येष्टि गरिएको छ । कलाकार क्षत्रीको शनिबार नि धन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति नि धन भएको थियो । अन्तिम संस्कार भने आजै पशुपति आ र्यघा टमा एकै समयमा भएको हो ।

कलाकारद्वयलाई श्र द्धाञ्जली दिन सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटा पशुपति आ र्यघा ट पुगेका थिए । सो क्रममा उनले स्वर्गीय भट्टराई र क्षतिको पा र्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रका दुई हस्तिको नि धनले चलचित्रकर्मीको मात्रै होइन धेरै नेपालीको मन रो यो । शनिबार कलाकार दीपक क्षेत्रीको नि धनको खबरले दुःखी बनेकाहरुलाई आइतबार राति कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको नि धन खबरले म र्माह त बनायो । सोमबार चलचित्रकर्मीसहित विभिन्न पेशा व्यवसायमा आ वद्ध व्यक्तिहरु यी दुई कलाकारको अन्तिम विदाइमा सहभागी भए ।

यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट दुबै कलाकारको पा र्थिब शरीर अन्तिम श्र द्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । जहाँ कलाकार, विभिन्न दलका नेता तथा शुभेच्छुक अन्तिम श्र द्धाञ्जलीका लागि पुगेका थिए ।

पशुपति आ र्यघा टमा अन्तिम श्रदान्जली दिदै गर्दा भट्टराईकी श्रीमतीले खुट्टामा ढोगेर अन्तिम बिदाइ गरेको दृश्यले झनै सबैको भक्कानो छुटाएको थियो जुन दृश्य तलको भिडियोमा हेर्न सक्नु हुन्छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।