थाहा पाउनुहोस् ब्रे कअप पछिका यी ९ फाइदा

एजेन्सी । सँगै जिउनेसँगै मर्ने बाचा खाएका पतिपत्नीबीच पनि मतभेद हुन्छ। मतभेद मात्र होइन सम्बन्धमा यतिसम्म समस्या आउँछ कि ब्रेकअफ नै हुन पुग्छ। एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले दुईबीचको सम्बन्ध ब्रेकअपसम्म पुग्छ । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन । ब्रेकअप पछि पनि केही फाइदाहरू पाउन सकिने बताइन्छ ।

ब्रेकअप पछिका केही फाइदा:

 

– ब्रेकअप भनेको एकअर्काबीचको भावना सफा हुनु हो। दुईबीचको सम्बन्धमा आएका टकरावको अन्त्य हुनु नै ब्रेकअप हो। यसले मनमा जमेका फोहोर निकालेर फ्याकेर मनमा नयाँ ठाउँको निर्माण हुन्छ। जसले मानिसलाई जीवनमा थप सहजता प्रदान गर्छ।

– ब्रेकअप यस्तो अवस्था हो जहाँबाट मानिसले साथीको आवश्यकताबारे जानकारी हासिल गर्छ।

– तपाईँ कहाँ हुनुहुन्छ, कसको साथमा हो, कहिले पुग्नुभयो, कति बजे निस्किनुभयो जस्ता प्रश्नको अन्त्य हुन्छ। आफ्नो पलपलको अवस्था भन्नका लागि तपाईँलाई कसैप्रति उत्तरदायी हुँदैन।

– ब्रेकअपपछि तपाईँको पेट सफा हुन थाल्छ। यसले मानिसलाई खुसी दिन्छ। ब्रेकअपपछि ‘अनहाइजेनिक’ खाना खानु आवश्यक पर्दैन। चाउमिन, आइसक्रिमका साथै अन्य अनहाइजेनिक खानेकुरा खानबाट जोगिनु हुन्छ।

– आफ्नो पार्टनरले चाहेको चलचित्र हेर्नुपर्ने बाध्यताबाट मुक्ति पाइन्छ। ब्रेकअपपछि आफूले चाहेको चलचित्र एक्लै या साथीसँग गएर हेर्न सकिन्छ।

– फोनको पैसा, महँगो डेट, सरप्राइज गिफ्ट जस्ता पैसा खर्च गर्नुपर्ने अवस्थाबाट छुटकारा पाउनुहुन्छ।

– कसैलाई मायाको नजरले हेर्नका लागि ५० औँ पटक सोच्नुपर्दैन । कुनै केटाकेटीको तस्वीरमा सहजै ‘हाउ क्युट’ भनेर लेख्न सक्छन् । साथै, पार्टीहरूमा तपाईँको डिमान्ड बढ्छ।

– सुतिरहेको अवस्थामा आएको म्यासेजको रिप्लाई गर्ने आवश्यकता महसुस हुँदैन। ‘डु यु मिस मी’ जस्ता प्रश्नको जवाफ दिनुपर्ने आवश्यकता रहँदैन । आनन्दसँग सुत्न सक्नुहुन्छ।

– ब्रेकअपपछि आईप्याडमा नयाँ खाले गीतहरूको इन्ट्री हुन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।