चीनबाट आउने पर्यटकमाथि विमानस्थलमै स्वास्थ्य परीक्षण सुरु

काठमाडौं, माघ १० । चीनमा स्वास्थ्य संकट निम्त्याउने गरी फैलिएको ‘कोरोनाभाइरस’ नेपालमा पनि फैलनसक्ने त्रास बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’लाई सक्रिय बनाइएको छ । हेल्थ डेस्कले गएको सोमबारदेखि चीनबाट आउने पर्यटकको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

चीनमा महामा’रीको रुप लिँदै गएको कोरोनाभाइरस नेपालमा पनि फैलिनसक्ने सम्भावना उच्च रहेको छ । यस भाइरसका कारण चीनमा हालसम्म २५ जनाको ज्या’न गइसकेको छ ।

चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ । जसका कारण नेपाल उच्च जोखिममा रहेको हो । नेपालमा फैलनसक्ने खतरालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सलाई पछिल्लो समय सक्रिय बनाइएको हो । हेल्थ डेस्क संयोजक गोपालप्रसाद पाण्डेले बिरामी देखिएका प्रत्येक चिनियाँ पर्यटकको स्वास्थ्य परीक्षण गरिएको दाबी गरे ।

चीनबाट आउने सबै पर्यटकहरुमा यो समस्या छ कि छैन भन्ने परीक्षण गर्न ‘थर्मल स्क्यानिङ’ राख्ने र पर्यटकको स्वास्थ्य अवस्थाबारे जानकारी राख्न ‘कार्ड’ भराउनेसमेत योजना रहेको पाण्डेले बताए । हाल कोरोनाभाइरस चीन, जापान, कोरिया, थाइल्यान्डलगायतमा फैलिएको छ ।

लक्षण : नयाँ भाइरसको रुपमा चिनिएको यस भाइरसको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षणहरु देखापर्ने चिकित्सकहरु बताउँछन् । प्रज्ञा तिमल्सिना,ईमेज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।