दु’ष्ट भा’इरस वि’रुद्धको ल’डाइँ जित्ने राष्ट्रपति सीको विश्वास, अबको १० दिनमा स’ङ्क्रमण उच्च तहमा पुग्ने

बिबिसी । चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनले दु’ष्ट भा’इरससँग ल’डिरहेको भन्दै सो ल’डाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभा’इरस स’ङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताए।

चीनका एकजना अत्यन्त सम्मानित स्वास्थ्य विज्ञ जोङ नान्सानले सरकारी सञ्चारमाध्यममा अबको दश दिनमा स’ङ्क्रमण उच्च तहमा पुग्ने बताएका छन्। जसको अर्थ हुन्छ त्यसपछि स’ङ्क्रमण घट्दै जानेछ।

कोरोनाभा’इरस स’ङ्क्रमणको केन्द्रमा रहेको हुबेइ प्रान्तका अधिकारीहरूले त्यहाँ थप २५ जनाको ज्या’न गएको र थप ८ सय स’ङ्क्रमण भएको आँकडा दिएका छन्। ती सङ्ख्या मङ्गलवार बताइएको आँकडासँग मिल्छन्।

विदेशीको उ’द्धार:
हुबेइको वुहान शहरबाट विदेशीलाई उ’द्धार गर्न थालिएको छ। दुई सय यात्रुसहित जापानी विमान त्यहाँबाट उडेको छ भने बुधवार अबेर अमेरिकी चार्टर्ड विमान त्यहाँबाट बाहिर उड्दैछ।

युरोपेली आयोगले युरोपेली नागरिकहरूको उ’द्धारमा सहयोग गर्ने बताएको छ। हालसम्म कोरोनाभा’इरस स’ङ्क्रमणबाट १०६ जनाको ज्यान गएको छ। जापान र जर्मनीमा चीन नगएका मानिसहरूमा पनि स’ङ्क्रमण देखिएको छ। ती व्यक्तिमा चिनियाँ मानिससँग भेटघाटमार्फत् स’ङ्क्रमण सरेको बताइएको छ।

विवरण : हालसम्म चीनमा स’ङ्क्रमितहरूको सङ्ख्या ४५ सय पुगेको छ। चीनमा कोरोनाभा’इरसका कारण भएका अधिकांश मृ’त्युका घ’टना वुहान शहर रहेको हुबेइ प्रान्तमा भएको छ। सुरुमा म’र्नेहरूमा ती पाका उमेरका बिरामी थिए जसमा स्वासप्रस्वाससम्बन्धी दीर्घ रोग थिए। हालैका समयमा मा’रिनेहरूको भने विस्तृत विवरण आएका छैनन्। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले त्यहाँ चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय विज्ञ पठाउने विषयमा मङ्गलवार चीनले सहमति जनाएको छ। ती विज्ञले भा’इरसबारे थप बुझ्न मद्दत गर्ने अनि अन्तर्राष्ट्रिय प्रतिक्रियालाई सघाउने छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖