कोरोनाभा’इरसबारे पूरै विश्व सा’वधान हुनुपर्ने, १६ देशमा भेटियो कोरोना

काठमाडौं, माघ १६ । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभा’इरसबारे पूरै विश्व सा’वधान हुनुपर्ने बताएको छ। उसले यसको फै’लावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आ’पत्‌काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभा’इरस स’ङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्। डाक्टर माइक र्‍यानले घा’तक भा’इरससँग जुझ्न चीनले चालेका क’दमहरूको प्रशंसा गरेस् चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन्। बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था नि’म्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ।

जिनिभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले भने, ूस’ङ्क्रमणका लगातार बढ्दा घ’टना अनि चीन बाहिर पनि मानिसबाट मानिसमा सरेका प्रमाण निश्चय नै निकै चि’न्ताजनक छन्। हालसम्म चीन बाहिर स’ङ्क्रमितहरूको सङ्ख्या थोरै नै छ। तर त्यो बढ्ने सम्भावना छ।

हाल स’ङ्क्रमितहरूको सङ्ख्या ७ हजार छ। १७० जनाको ज्यान गएको छ।स’ङ्क्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता ग’म्भीर स’मस्या देखिएका छन्।चीनबाहिर १६ देशमा यसको स’ङ्क्रमण पाइएको छ।

डब्लुएचओका डा माइक र्‍यानका अनुसार स’ङ्क्रमण महत्त्वपूर्ण चरणमा पुगेको छ यो कोरोनाभा’इरस स’ङ्क्रमणको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौँ मानिसहरू उपचारपछि निको भएका छन्।

डब्लुएचओका डाक्टर र्‍यानले चीन जान विज्ञहरूको एक अन्तर्राष्ट्रिय टोली जम्मा पारिँदै गरेको र सो टोलीले उक्त रोग कसरी सर्छ भन्नेबारे थप जानकारी बटुल्ने बताए।हामी यो स’ङ्क्रमणको एक महत्त्वपूर्ण चरणमा छौँ। यसको फैलावट अझै पनि रोक्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ, उनले भने।

यसबीच अस्ट्रेलियामा वैज्ञानिकहरूले प्रयोगशालामा उक्त कोरोनाभा’इरसको विकास गरेका छन् जसले यसको सुरुवाती रोग जाँच प्रक्रिया निर्माणमा सघाउ पुग्न सक्छ। बीबीसीका अनुसार यसै साता सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीन भ्रमण गरेका थिए।

उनले त्यहाँ स’ङ्क्रमित अधिकांश मानिसमा सामान्य लक्षणमात्र देखा परेको तर बीस प्रतिशतमा भने त्यसले न्युमोनिया तथा श्वासप्रश्वासको गम्भीर समस्या उब्जाएको देखिएको बताएका छन्। उनले चीनलाई विश्वको समर्थन र ऐक्यबद्धता आवश्यक रहेको बताए। विगतका स’ङ्क्रमणबाट पाठ सिकेर विश्वले काम गर्नुपर्ने उनको भनाइ छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।