दैनिक सयौं विदेशी भित्रने पूर्वी ना’कामा कोरोना भा’इरसको ‘हेल्प डेस्क’

काकंडभिट्टा । कोरोनाभा’इरसको नियन्त्रण गर्नको लागि नेपालको पुर्वी नाका काकडभिड्टामा पनि सर्तकता अपनाउन शुरु गरिएको छ । सरकारले पूर्वीनाका काँकडभिट्टामा कोरोना भा’इरसको जाँचका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको हो । भन्सार विन्दुमा स्थापना गरिएको ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट आएका नागरिकमा कोरोना भा’इरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ ।

भारत, भूटान, बङ्गलादेश र म्यानमारबाट नजिकमा रहेको नाका भएको कारण काँकडभिट्टाबाट दिनहुँ सयांै विदेशी नेपाल प्रवेश गर्ने भएकाले उक्त नाकामा उच्च सतर्कता अपनाइएको हो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुईजना स्वास्थ्यकर्मीलाई बिहान ७ देखि बेलुका ७ बजेसम्म खट्ने गरी ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको जानकारी दिए । सो कार्यमा सुरक्षाकर्मीले सहयोग पु¥याउने छन् ।

‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकमा कोरोना भा’इरसको स’ङ्क्रमण भएको श’ङ्का भएमा नाकामा खटिएका स्वास्थ्यकर्मीले नजिकै रहेको काँकडभिट्टा स्वास्थ्यचौकीमा रहेको ‘आइसोलेसन रुम’मा पठाउने र उनीहरुको विस्तृत स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए । काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख तालबहादुर खड्काको नेतृत्वमा ‘हेल्प डेस्क’ र आइसोलेसन वार्डको विशेष निगरानी गरिने छ ।

‘हेल्प डेस्क’ शुरुवात गर्न आयोजित कार्यक्रममा मेचीनगरका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतले खुल्ला सीमा भएकाले भा’इरसको स’ङ्क्रमण बढ्ने हुँदा नाकामा उच्च सतर्कता जरुरी भएको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।