‘सारङ्गी साँझ’पछि सामाजिक संजाल र न्कियो–‘रोम ज लिरहेछ, निरो बाँसुरी ब जाइरहेछ’

काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै रौनक देखियो ।

सँधै देशको शासन सत्ता संचालन र पार्टीका आन्तरिक गतिविधिबारे गफ चल्ने बालुवाटार संगीतमय बन्न पुग्यो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा खानपान मात्र चलने ‘सारङ्गी साँझ’ ले माहोल संगीतमय बन्यो ।

आफ्नो सरकारमा रहेका मन्त्री र नेकपाका सचिवालय सदस्यहरुका लागि ओलीले रात्रिभोजसहित ‘सारङ्गी साँझ’ आयोजना गरेका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा प्रधानमन्त्री ओलीले बासुरी अनि सारङ्गी बजाए ।

नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सारङ्गी बजाएर ओलीलाई साथ दिए । यो दृश्य निकै रोमान्चक देखियो । कार्यकर्ता तथा शुभेच्छुकहरु खित्का छाडेर हाँसे । रमाइलो माने । तस्वीरहरु सामाजिक संजालहरुमा पोष्ट भए ।

तस्वीरमा ओलीले बाँसुरी बजाइरहेको छन् भने क्रमशः दायाँ र बायाँ रहेर वरिष्ठ नेताद्वय नेपाल र खनालले ओलीलाई साथ दिए । यही तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । ट्रोलहरु बनिरहेका छन् र कतिपयले नेताहरुको खिल्ली पनि उढाइरहेका छन् ।

सारङ्गी साँझमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको पोखरामा रहेकाले सहभागी हुन पाएनन् ।

सारङ्गी साँझको तस्वीर बाहिरिएपछि फेसबुक र ट्युटरमा सकरात्मक र नकरात्मक दुवैखाले प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले नेताहरुको उक्त तस्वीर पोष्ट गर्दै गिज्याइरहेका छन । खिल्ली उडाइरहेका छन् ।

ट्युटरमा दिपेश शाहीले ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’ लेखेका छन् । सूर्य थापाले ‘बालुवाटारमा सारङ्गी र बाँसुरीको सुमधुर धून !’ लेखेर तस्वीर पोष्ट गरेका छन् ।

मणी लोहनीले सोही तस्वीर फेसबुकमा पोष्ट गर्दै ‘हरे शिव..मेरो देशको पछिल्लो तस्वीर’..रोमजलिरहेछ’ लेखेका छन् ।

फेसबुकमा यशोदा अधिकारी लेख्छिन–‘नेपाली कला र सङ्गितलाई माया गर्ने प्रधानमन्त्रीज्यू सारङ्गी साझपछि कलाकारलाई हौसला थप्न मञ्चमा यसरी उभिनुभो । विशिष्ट व्यक्तिहरुसँगै नेपालका ११ मौलिक धुन सुनेर आजको साँझ सुमघुर बनाइयो । हार्दिक आभार’ ।-इमेज खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।