सिन्धुपाल्चोकमा कोरोना सं,क्रमणको कुनै सम्भावना छैन – स्वास्थ्यकर्मी

सिन्धुपाल्चोक, माघ २९ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सं,क्रम भए पनि कोरोना भाइरसको सं,क्रमणको संभावना नरहेको पाइएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गदत्त चापागाईका अनुसार हिजोबाट आफूहरुले सो गाउँको ट्रभाल हिस्ट्री बारे बुझन लगाएको र त्यहाँ कोही पनि चीन लगायत सं,क्रमित क्षेत्रबाट आवतजावत गरेको नपाइएकोले कोरोना भा,इसर सं,क्रमको कुनै संभावना नरहेको बताउनुभयो ।

सो क्षेत्रमा हाल देखा परेको भा,इरल सं,क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टहरु परिचालन गरी उपचार शुरु गरिएको र केहीलाई निको समेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाँईले बताउनुभयो ।

साथै त्यहाँको भा,इरल सं,क्रमणबारे जाँच गर्न आफूहरुले टेकु स्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यस तर्फ पठाउने जानकारी गराएको बताउनुभयो । यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दुरीमा रहेको र अहिले जलविरेबाट चिकित्सकको टोली लिएर आफू त्यसतर्फ जाँदै गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनु भयो ।

गाउँमा २०१ जनामा संक्रम भएका मध्ये १० जनाको उपचार भएको र एक जनाको अबस्था गम्भीर रहेको अध्यक्ष नेपालले जनाकारी गराउनुभयो । गाउँपालिकामा हेल्थ असिस्टेन्ट मात्रै भएकाले आफूले चिकित्सकको टोली लिएर जान लागेको बताउनुभयो ।

गाउँमा भा,इरल सं,क्रम भए पछि कोरोना भा,इरसको लक्ष्यणसँग मिल्दो जुल्दो भएको भन्दै जुगल गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार समेत गरको छ । सो स्थानमा विगत तीन दिन देखि विरामीको संख्या बढेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖