गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीकै सं,रक्षण – प्रधानमन्त्रीलाई अडियो सुनाएको विजय मिश्रको दा,बी (भिडियो सहित)
कोरोनाको त्राससहीत कोरियाबाट नेपालीहरु लाईभ
गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीकै संरक्षण – सीधाकुरा जनतासँग
काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा एजेन्टसँग ७० करोड कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय सम्हाल्दै आएका गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिइसकेका छन् ।
७० करोड कमिशन राख्दा आफ्नो भागमा कति पर्छ ? भन्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक हुँदा पनि बाँस्कोटाले ‘खाएको विष मात्र लाग्ने’ भन्दै हाक्का–हाक्की सञ्चारमाध्यममा प्रतिक्रिया दिइरहेका थिए ।
भ्रष्टाचार गर्न लाग्दाको कुराकानी देशभर फैलिसक्दा पनि बाँस्कोटामा अझै त्यो आँट बाँकी रहनुको पछाडि प्रधानमन्त्रीको साथ रहेको प्रष्ट दखिएको छ ।
बाँस्कोटासँग कमिशनको डिल गर्न गएका स्वीस कम्पनीका एजेन्ट विजय मिश्रले पत्रकार कृष्ण ज्ञवालीसँगको कुराकानीमा आफूले एक महिना अघि नै उक्त अडियो प्रधानमन्त्रीलाई सुनाएको बताएका छन् ।
मिश्रले एक महिना अघिनै उक्त अडियो प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई सुनाइसकेको बताएका छन् । एक महिना अघि मोलमोलाई गरेको अडियो सुनेका प्रधानमन्त्री ओलीले बाँसकोटलाई कारबाही गर्न भन्दा पनि उनलाई काखी च्याप्न तर्फ लागे ।
फागुन ५ गते काभ्रेको धुलिखेल नगरपालिकाको ३४ औँ स्थापन दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँस्कोटाको मुक्तकण्ठले तारिफ गरे ।
यदि स्वीस कम्पनीका एजेन्ट मिश्रले साँच्चै प्रधानमन्त्रीलाई उक्त अडियो सुनाएका थिए, भने प्रधानमन्त्री ओलीले किन एक्शन लिएनन् ? उल्टो प्रधानमन्त्री ओलीले सरकारका अन्य मन्त्री भन्दा गोकुल बाँसकोटालाई बढी जिम्मेवारी दिएका थिए ।
सूचना तथा सञ्चार प्रविधि र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिद बाहेक अन्य ६ ओटा प्रोजेक्टहरु थिए ।
जसलाई उनले आफ्नो तरिकाले सम्हाल्दै आएका थिए । यी बाहेक १९ अर्बको फोर–जी सेवा विस्तार कार्यक्रम, २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया, १० अर्बको अप्टिकल फाइबर बिच्छ्याउने योजना, ५ अर्बको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, साढे ३ अर्बको विद्यालयमा कम्प्युटर ल्याब स्थापना कार्यक्रम, र ७ अर्बको हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट पु¥याउने कार्यक्रमको जिम्मेवारी लिएका थिए ।
यी सबै कार्यक्रमको लागत १ खर्ब बराबर छन् । लगभग २५ अर्बकोे एउटा प्रोजेक्टमा ७० करोडको मोलमोलाई गर्ने बास्कोटाले अन्य प्रोजेक्टरमा पनि कमिसन मागेनन् भन्न सकिदैन् ।
दक्षिण कोरियामा कोरनाभाइरसबाट स,ङ्क्रमि,तको सङ्ख्या ह्वा,त्तै बढ्यो
दक्षिण कोरियाले घा,तक नयाँ कोरोनाभा,इरसको स,ङ्क्र,मण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट स,ङ्क्रमि,त भएका मानिसको सङ्ख्या ह्वा,त्तै बढेको छ।
प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा स,ङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्राय: सुनसान छन्।
परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस स,ङ्क्र,मण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ। एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको स,ङ्क्र,मण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वा,रन्टीनमा बस्न भनेका छन्।
त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा स,ङ्क्र,मण भएका बताइएको थियो। दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ। चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रू,ज पानीजहाजमा भएका स,ङ्क्र,मित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो।
यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको नि,धन कोरोनाभाइरसका कारण भएको जनाएका थिए। ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए। त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको स,ङ्क्र,मण देखिएको थियो।
अहिले अन्यत्रको स्थिति के छ?
विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको नि,धन भएको छ। अधिकांश स,ङ्क्र,मण र नि,धनका घ,टना चीनमा भएका छन्।
चीनमा ७५,००० जनामा स,ङ्क्र,मण भएको र २,२३६ जनाको नि,धन भएको तथ्याङ्क छ। उक्त भा,इरस विश्वका विभिन्न देशमा पनि फैलिएको छ। एशिया, युरोप, अमेरिका र अफ्रिकामा केही व्यक्तिको नि,धन पनि भएको छ।
प्रधानमन्त्रीलाई अडियो सुनाएको विजय मिश्रको दाबी, कोरोनाको त्रा,ससहीत कोरियाबाट नेपालीहरु लाईभ – हेर्नुहोस् सिधाकुरा जनतासँग


